Kathmandu Press

कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन अनुमति

प्राधिकरणले उक्त स्थानमा यही माघ महिनादेखि प्याराग्लाइडिङ सञ्चालन गर्न पाउने गरी अनुमति दिएकाले व्यावसायिक उडान गर्ने तयारी भइरहेको प्रालिका अध्यक्ष छविलाल हुमागाईले बताए।
कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन अनुमति

काभ्रेपलाञ्चोक, माघ १५ : पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्न अनुमति दिइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङका लागि अनुमति दिएको हो।

प्राधिकरणले उक्त स्थानमा यही माघ महिनादेखि प्याराग्लाइडिङ सञ्चालन गर्न पाउने गरी अनुमति दिएकाले व्यावसायिक उडान गर्ने तयारी भइरहेको प्रालिका अध्यक्ष छविलाल हुमागाइले बताए। 'मन्त्रालयबाट गत पुस २८ गते व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति प्रमाणपत्र पाएका छौँ अब व्यावसायिक उडानका लागि तयारी गर्दैछौँ', उनले भने, ‘अहिले उडानका लागि तयारी भइरहेको छ। 

Hardik ivf

'यसैसाता पोखराबाट पाइलट ल्याएर ‘डेमोष्ट्रेशन’ उडान गर्नेछौँ, त्यसपछि व्यावसायिक उडान थाल्नेछौँ', अध्यक्ष हुमागाईंले भने। सुरुमा तीन र क्रमशः दश वटा प्याराग्लाइडिङबाट उडान गरिने भएको छ। सम्पूर्ण तयारीपछि यही माघ महिनादेखि नै  व्यावयसायिकरूपमा उडान थालिने  छ। ‘डेमोष्ट्रेशन’ उडानपछि ‘टेकअप’ र ‘ल्याण्डिङ’का स्थान एकीन गरी दुवै क्षेत्रमा दीगोरुपमा  व्यवस्थापन गर्नुपर्ने उनकाे भनाइ थियो। 

यहाँ तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दूम डाँडाबाट प्याराग्लाइडिङका लागि  परीक्षण उडान गरिएको थियो। त्यसबेला १५ वटा प्याराग्लाइडिङद्वारा तीन दिनसम्म परीक्षण उडान गरिएकामा पछि दुई पटक पनि परीक्षण उडान भइसकेको थियो। उडान भर्ने स्थान, ल्याण्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले हाल अनुमति पाइएको जनाइएको छ। अध्यक्ष हुमागाईंका अनुसार दैनिक १० प्याराग्लाइडिङलाई  बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उडान भर्न अनुमति दिइएको छ। 

तोकिएको समयमा छ हजार ५०० फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने जनाइएको छ। प्याराग्लाइडिङ उडान गुर्दूम डाँडाबाट सुरुगरी कुशादेवीको बञ्चरेटारमा ल्यान्डिङ हुन्छ। गुर्दूम डाँडाबाट बन्चरेटार सडक दूरीको हिसाबले चार किलोमिटर छ। उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ। प्याराग्लाइडिङ उडानका लागि स्थानीय पाँच युवालाई सोही विषयमा अध्ययन गराइएको उनले जनकारी दिए। 

'प्याराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नाका साथै यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुनेछ', पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले भने, ' प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी बिहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्नेसमेत अपेक्षा गरिएको छ। नगरपालिकाले पनि चालू आर्थिक वर्षमा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको र यसैवर्ष हाईकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गर्ने नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको छ।’’ 

यसैगरी साहसिक खेल गतिविधि प्रवद्र्धनका लागि प्याराग्लाईडिङ, रक क्लाइम्बिङ, साइक्लिङजस्ता प्रतियोगिता सञ्चालन गरिने योजना रहेको उल्लेख गरिएको छ। नगरपालिकाले गतवर्ष चैतमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइकिलिङ सुरुवात गरेको थियो। 
उक्त साहसिक खेल नगरको १ नं वडास्थित सबैभन्दा अग्लो फुल्चोकीडाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइकिलिङ टे«ल रुट तय गरिएको थियो। नगरको ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा त्यतिबेला नेपाल, क्यानाडा र भारतका करिब दुई सय जनाले  साइकिलिङ गरेका थिए।
    
नेपाल पर्यटन बोर्डका अनुसार पनौती–नमोबुद्ध हाईक, बल्थली इको–ट्रेल ९लो–ल्याण्ड ट्रेक०, साँगा–पनौती हाईक ९कम्युनिटी हाइक०, गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक ९फुल्चोकी वरिपरि०, बर्ड वाचिङ ९चरा अवलोकन०, योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रामार्ग, जात्रा–मेला अवलोकन गर्न सकिनेछ। 
    
गत वर्ष असोजमा बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनका लागि घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको र यसका लागि पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै प्रचार सामग्रीसमेत सार्वजनिक गरेको थियो। ती  र अन्य साहसिक खेलका लागि पनौती उपयुक्त स्थान रहेकाले उक्त नगरमा प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ। 

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्