Kathmandu Press

गुल्मीको मुसीकोटमा आफ्नै घरमा मृत भेटिइन् महिला

मृत भेटिएकी महिला मुसीकोट नगरपालिका–७ वामीकी ५७ वर्षीया गंगादेवी शेरचन रहेको प्रहरीले जनाएको छ।
गुल्मीको मुसीकोटमा आफ्नै घरमा मृत भेटिइन् महिला

गुल्मी, माघ १५ : गुल्मीको मुसीकोटमा एक महिला आफ्नै घरमा मृत भेटिएकी छन्। 

मृत भेटिएकी महिला मुसीकोट नगरपालिका–७ वामीकी ५७ वर्षीया गंगादेवी शेरचन रहेको प्रहरीले जनाएको छ। अहिले उनको घरलाई सिलबन्दी गरिएको छ। शेरचन त्यो घरमा एक्लै बस्थिन्। उनको घरको चेनगेट बन्द अवस्थामा छ। 

घटनाको दृश्य हेर्दा हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। तालिम प्राप्त कुकुर ल्याएर मात्र अनुसन्धान थाल्ने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आज (आइतबार) बिहान घरबाट किन बाहिर ननिस्किएको भनेर छिमेकीले हेर्दा उनको शव हात र खुट्टा टेपले बाँधेको अवस्थामा चेनगेट नजिकै भेटिएको जनाइएको छ। त्यसपछि प्रहरी बोलाइउको थियो।

शेरचनले ४० वर्षदेखि गंगा होटल सञ्चालन गर्दै आएकी थिइन्।

प्रकाशित मिति: १३:३७ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्