प्रहरीको स्पेसल अपरेशनमा पक्राउ परेका चिनियाँ एक हजार जरिवानामा छुटे
काठमाडौं, पुस २० : अपराधीक क्रियाकलापमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको १ सय १२ चिनियाँ नागरिक एक/एक हजार रुपैयाँ जरिवाना तिर....
काठमाडौं, पुस २० : अपराधीक क्रियाकलापमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको १ सय १२ चिनियाँ नागरिक एक/एक हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन्।
गत पुस ७ गते नेपाल प्रहरीको सयुक्त अपरेशनमा ति ११२ जना चिनियाँ नागरिक काठमाडौंका विभिन्न क्षेत्रबाट पक्राउ परेका थिए।
आईतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई प्रति व्यत्तिः एक हजार रुपैयाँ जरिवाना तिराएर छाड्न आदेश दिएको हो। स्रोतका अनुसार पक्राउ परेका चिनियाँ नागरिकले कुनै पनि अपराध गरेको पुष्टि नभएपछि सानो रकम जरिवाना गरेर छुटाउन अदालतले आदेश गरेको हो।
प्रकाशित मिति: ०८:४० बजे, आइतबार, पुस २०, २०७६
थप समाचार






