Kathmandu Press

सामाजिक सेवा एकाइमार्फत निःशुल्क सेवा

सामाजिक सेवा इकाइमार्फत ५० देखि शतप्रतिशतसम्म छुट दिइएको थियो। स्वास्थ्य बीमा समेत गर्न नसक्ने नागरिकका लागि सामाजिक सेवा इकाइले निःशुल्क दिएको सेवा प्रभावकारी भएको स्थानीय बताउँछन्।
सामाजिक सेवा एकाइमार्फत निःशुल्क सेवा

सङ्खुवासभा, माघ १५ : जिल्ला अस्पताल सङ्खुवासभामा सामाजिक सेवा एकाइमार्फत एक हजार बढीले निःशुल्क उपचार गराएका छन्। 

सामाजिक सेवा इकाइमार्फत ५० देखि शतप्रतिशतसम्म छुट दिइएको थियो। स्वास्थ्य बीमा समेत गर्न नसक्ने नागरिकका लागि सामाजिक सेवा इकाइले निःशुल्क दिएको सेवा प्रभावकारी भएको स्थानीय बताउँछन्।

Hardik ivf

छ महिनाको अवधिमा एक हजार दुई सय ८२ जनाले निःशुल्क सेवा लिएको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए। सेवा लिनेमा ज्येष्ठ नागरिक पाँच सय ८७ जना, आर्थिक अवस्था कमजोर भएका छ सय ९५ जना रहेका छन्।

हालसम्म रू १२ लाख ५४ हजार सात सय खर्च भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार विभिन्न लक्षित समूहका बिरामीले निःशुल्क स्वास्थ्य उपचारको लाभ लिएका हुन्। 

सम्बन्धित लक्षित समूह प्रमाणित गर्ने कागजपत्रको आधारमा निःशुल्क स्वास्थ्य उपचार गरिएको हो। अस्पतालमा हार्डजोर्नी विशेषज्ञ, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापिलगायतका सेवा सञ्चालनमा छन्। 

सामाजिक सेवा इकाइ बाहेक साउनदेखि पुुस मसान्तसम्म २४ हजार आठ सय २४ जनाले सेवा लिएको सूचना अधिकारी खत्रीले बताए।

त्यस्तै, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत नौ हजार पाँच सय ८३ जनाले उपचार लिएका छन्। अस्पतालमा छिमेकी जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन्।  २०३३ मा निर्मित यस अस्पतालमा ५० शय्या छन्।

प्रकाशित मिति: १३:०७ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्