प्रहरीकाे सुडान घोटाला काण्डका मुख्य अभियुक्त शम्भु भारती जेलमुक्त
काठमाडौं, पुस २०: नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय मिसनको सामग्री खरिदमा भ्रष्टचारी ठहर भएका उक्त काण्डका मुख्य अभियुक्त शम्भु भारती सर्वाेच्च अ....
काठमाडौं, पुस २०: नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय मिसनको सामग्री खरिदमा भ्रष्टचारी ठहर भएका उक्त काण्डका मुख्य अभियुक्त शम्भु भारती सर्वाेच्च अदालतको आदेशले जेलमुक्त भएका छन्।
अदालतले भारतीलाई कारागारबाहिरै बसेर मुद्दा लड्ने सुविधा दिएपछि उनी जेलमुक्त भएका हुन्। उनले सर्वाेच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए।
भारतीलाई सर्वोच्च अदालतले सो काण्डमा दोषी ठहर गरि १४ करोड २० लाख बिगो र जरिवानासहित १ वर्ष जेल सजाय सुनाएको थियो।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतीलाई गत भदौ १२ मा ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनी सदरखोर डिल्लीबजारमा रहँदै आएका थिए ।
सर्वोच्च अदालतले कमसल सामान खरिद गरी भ्रष्टाचार गरेको भन्दै उनलाई १४ करोड २० हजार ८ हजार ३ रुपैयाँ जरिवाना गरी त्यति नै बिगो प्रहरी कल्याण कोषले निजबाट भराई लिने फैसला गरेको थियो ।






