डा. सन्दुक रुइतलाई अभिनन्दन
डल्लु आवास स्थानीय समितिले अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा. रुइतलाई कदरपत्रसहित अभिनन्दन गरिएको हो ।
काठमाडौं, माघ १४ : वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ। डल्लु आवास स्थानीय समितिले अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा. रुइतलाई कदरपत्रसहित अभिनन्दन गरिएको हो ।
डा. रुइतलाई नेकपा एसका नेता झलनाथ खनालले अभिनन्दन गरे। उनले स्वास्थ्य क्षेत्रमा रुइतले गरेको मेहेनत र क्रियाशिलताका कारण उनले प्राप्त गरेको पुरस्कारले सम्पूर्ण नेपालीको गौरव बढाएको बताए।
स्वदेश तथा विदेशमा रहेका बिरामीलाई उपचार गरेर सामाजिक सेवामा डा रुइतले देखाएको कर्मबाट सबैले प्रेरणा लिनुपर्ने खनालले बताए।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्धकारमा छटपटिएका बिरामीलाई ज्योति प्रदान गरेका डा. रुइतले मुलुकलाई अन्तर्राष्ट्रिय तहमा परिचित गराएएका छन् ।
हालै बहराइनबाट दिइने इशा अवार्ड प्राप्त गर्न डा. रुइत छनोट भएका छन्। अवार्डको राशि १३ लाख अमेरिकी डलर बराबरको छ ।












