Kathmandu Press

कञ्चनपुरमा अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

धनगढी–बेलौरी हुलाकी सडकखण्डमा म१ह ८२४ नम्बरको अटो दुर्घटना हुँदा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१ घर भएका २१ वर्षीय सरोज रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ।
कञ्चनपुरमा अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

धनगढी, माघ १४ : कञ्चनपुरमा पुनर्बास नगरपालिका-५ सिम्रीमा अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

धनगढी–बेलौरी हुलाकी सडकखण्डमा म१ह ८२४ नम्बरको अटो दुर्घटना हुँदा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१ घर भएका २१ वर्षीय सरोज रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका रिमालको धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

घाइते हुने रामेछापको मन्थली नगरपालिका–११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका–४ का २२ वर्षीय सुशील बुढाथोकीको सोही अस्पतालमा उपचार भइरहेको छ। अटो र त्यसका चालक धनगढी उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय रमेश देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १८:०१ बजे, शनिबार, माघ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्