मलद्वारमा हिरा र सुन लुकाएर ल्याउने भारतीय नागरिक विमानस्थलबाट पक्राउ
काठमाडौं, पुस २०ः प्रहरीले मलद्वारमा हिरा र सुन लुकाएर ल्याएको अवस्थामा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ।
क्लालालम्पुरबाट नेप....
काठमाडौं, पुस २०ः प्रहरीले मलद्वारमा हिरा र सुन लुकाएर ल्याएको अवस्थामा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ।
क्लालालम्पुरबाट नेपाल एयरलाइन्सको विमानमार्फत् काठमाडौं आएका एक भारतीय नागरिकबाट २ सय २२ ग्राम हिरा बरामद भएको छ।
यस्तै प्रहरीले सार्हज विमानबाट आएका अर्का भारतीय नागरिकबाट पाँच सय ९२ ग्राम सुन बरामद गरेको छ।
प्रहरीका अनुसार दुवै जनाले मलद्वारमा लुकाएर सुन र हिरा ल्याउँदै थिए।
प्रकाशित मिति: ०५:१३ बजे, आइतबार, पुस २०, २०७६
थप समाचार






