Kathmandu Press

पर्सामा ट्याक्टरबाट खस्दा एकजनाकाे मृत्यु

हुलाकी सडकखण्डअन्तर्गत जिराभवानी–१ स्थित सुवर्णपुरबाट जिराभवानी जाँदै गरेको ना३त २२८७ नम्बरको ट्याक्टरमा सवार विजय विजय पवित्रा आयलअगाडि शुक्रबार साँझ साढे ७ बजे खसेका थिए। बीच भागको ठुलो चक्काले किचेपछि उनी घाइते भएका थिए।
पर्सामा ट्याक्टरबाट खस्दा एकजनाकाे मृत्यु

वीरगन्ज, माघ १४ : पर्सामा शुक्रबार साँझ साढे ट्याक्टरबाट खसेपछि घाइते भएका जगरनाथपुर गाँउपालिका-५ चिलझप्टीका २५ वर्षीय विजय मुखिया विनको मृत्यु भएको छ।

हुलाकी सडकखण्डअन्तर्गत जिराभवानी–१ स्थित सुवर्णपुरबाट जिराभवानी जाँदै गरेको ना३त २२८७ नम्बरको ट्याक्टरमा सवार विजय विजय पवित्रा आयलअगाडि शुक्रबार साँझ साढे ७ बजे खसेका थिए। बीच भागको ठुलो चक्काले किचेपछि उनी घाइते भएका थिए।

बेहोस अवस्थामा उद्धार गरी उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पुर्‍याइएको थियो। उपचारका क्रममा चिकित्सकले राति साढे ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीले ट्याक्टर र चालक जिराभवानी गाउँपालिकामै बस्ने ४२ वर्षका भोला यादवलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १५:५० बजे, शनिबार, माघ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्