Kathmandu Press

प्रेस संगठनले सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला फागुनमा गर्ने

संगठनको भेलालगत्तै लुम्बिनी प्रदेशको विस्तारित बैठकका साथै फागुन मसान्तभित्र सबै जिल्ला सम्मेलन सम्पन्न गर्न लागिएको छ।
प्रेस संगठनले सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला फागुनमा गर्ने

काठमाडाैं, माघ १४ : नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनले आगामी फागुन १५ गतेभित्र सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला गर्ने भएको छ।

संगठनको भेलालगत्तै लुम्बिनी प्रदेशको विस्तारित बैठकका साथै फागुन मसान्तभित्र सबै जिल्ला सम्मेलन सम्पन्न गर्न लागिएको छ।

Hardik ivf

नीतिगत सुझाव दिन अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय नीतिगत सुझाव समिति गठन गरिएको छ। पार्टी केन्द्रले देशभरका कमिटी, विभाग र मोर्चा सङ्गठनसँग नीतिगत सुझाव माग गरेपछि सो समिति गठन गरिएको हो।

समितिले सञ्चार क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक अध्ययन तथा विज्ञसँग छलफल गरी ती विषयलाई नीतिगत रुपमा पार्टीलाई सुझाव दिनेछ।

यस्तै महासचिव भूपराज खड्काको अध्यक्षतामा पाँच सदस्यीय राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदन समिति गठन गरिएको उपाध्यक्ष सन्तराम बिडारीले जानकारी दिए।

उक्त समितिले गत मङ्सिर ४ गते सम्पन्न प्रदेश र सङ्घको चुनावमा पार्टीले हासिल गरेको अवस्था तथा कमजोरीबारे प्रतिवेदन तयार गर्नेछ।

पार्टी केन्द्रले सङ्गठनका कमिटी अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने, पार्टी कमिटी गठनलगायत कार्य आगामी चैत मसान्तभित्र सम्पन्न गर्न समय दिएकाले निर्धारित समयसीमाभित्र जिम्मेवारी पूरा गर्न सबै जनवर्गीय संगठन लागेका छन्। 

प्रकाशित मिति: १२:३४ बजे, शनिबार, माघ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्