निराला न्यायपरिषद् सदस्यमा अनुमोदन
काठमाडौं, पुस २० : संसदीय सुनुवाइ समितिले न्याय परिषद्का लागि सिफारिस भएका लक्ष्मीबहादुर खड्का निरालालाई अनुमोदन गरेको छ।
आइतबार बसेको समिति....
काठमाडौं, पुस २० : संसदीय सुनुवाइ समितिले न्याय परिषद्का लागि सिफारिस भएका लक्ष्मीबहादुर खड्का निरालालाई अनुमोदन गरेको छ।
आइतबार बसेको समितिको बैठकले उनलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।
आज उनीमाथि परेका उजुरीको सुनुवाइ गर्ने तय गरिएको थियो। तर, उनीविरुद्ध कुनै पनि उजुरी नपरेको समितिले जनाएको छ।
उनीविरुद्ध उजुरीका लागि समितिले १० दिनको म्याद दिएको थियो।
मन्त्रिपरिषद् बैठकले पुस ३ गते निरालालाई परिषद् सदस्यका लागि सिफारिश गरेको थियो।
प्रकाशित मिति: ०२:५३ बजे, आइतबार, पुस २०, २०७६
थप समाचार






