Kathmandu Press

उम्मेदवारी दर्ता सुरू, यी हुन् चार पार्टीका उम्मेदवार

काठमाडौं, पुस २० : राष्ट्रिय सभा सदस्यका लागि आज उम्मेदवारी दर्ता सुरू भएको छ। उम्मेदवारी दर्ता गर्न सबै उम्मेदवार आ–आफ्नो प्रदेशमा पुगेका छन्।<....

उम्मेदवारी दर्ता सुरू, यी हुन् चार पार्टीका उम्मेदवार

काठमाडौं, पुस २० : राष्ट्रिय सभा सदस्यका लागि आज उम्मेदवारी दर्ता सुरू भएको छ। उम्मेदवारी दर्ता गर्न सबै उम्मेदवार आ–आफ्नो प्रदेशमा पुगेका छन्।

राष्ट्रिय सभाका ५९ मध्ये १९ सदस्यको अवधि फागुन २० गते सकिँदै छ। त्यसको ३५ दिन अघि निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार, माघ ९ गते निर्वाचन हुँदै छ।
त्यसका लागि आज उम्मेदवारी दर्ताको गर्न सुरू भएको हो। १९ मध्ये एक राष्ट्रिपतिबाट मनोनयन हुने भएकाले १८ सदस्यका लागि निर्वाचन हुनेछ।

राष्ट्रिय सभा सदस्यका लागि नेकपा, कांग्रेस र अन्य दलले उम्मेदवार तय गरिसकेका छन्। नेकपाले प्रदेश १ बाट इन्दु गौतम, देवेन्द्र दाहाल र गोपी अछामी, प्रदेश २ बाट तुलसा दाहाल र राधेश्याम पासवान, प्रदेश ३ बाट गंगा बेलवासे र डा.बेदुराम भुसाल, गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

त्यस्तै, प्रदेश ५ बाट विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा, कर्णाली प्रदेशबाट सुमित्रा बिसी र मायाप्रसाद शर्मा तथा सुदूरपश्चिम प्रदेशबाट तारामान स्वाँर र शारदा भट्टलाई उम्मेदवार बनाएको छ।

यसैगरि, कांग्रेसले प्रदेश १ बाट निरबहादुर विश्वकर्मा, मिना पुलामी मगर र राजेन्द्र घिमिरे, प्रदेश २ बाट नागिना यादव र भोला पन्जियार, प्रदेश ३ बाट हरिशरण श्रेष्ठ, छलीकुमारी शर्मा र सूर्यप्रसाद रेग्मीलाई उम्मेदवार बनाएको छ।

यस्तै, गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी र विमला गौचन, प्रदेश ५ बाट बालकृष्ण पाण्डे, गिरिजा न्यौपाने र मेराज हलवाई, कर्णाली प्रदेशबाट डिल्लिराम पाठक र सवित्रा पौडेल तथा सुदूरपश्चिम प्रदेशबाट प्रताप ठगुन्ना र तुलसी देवकोटालाई उम्मेदवार बताएको छ।

राजपा नेपालले प्रदेश २ बाट  मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाएको छ भने संघीय समाजवादी पार्टीले प्रदेश २ बाट रामप्रीत पासवानलाई उम्मेदवार बनाएको छ।

प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी र कांग्रेसले संघीय समाजवादी पार्टीसँग तालमेल गरेका छन्।

प्रकाशित मिति: ०१:५१ बजे, आइतबार, पुस २०, २०७६