Kathmandu Press

आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

काठमाडौं, माघ १३ : नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक गतिविधि सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ। मुलुकमा पछिल्लो समय व्यावसायिक गतिविधि सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको हो।

व्यावसायिक कठिनाइका कारण आत्मदाह गर्ने अवस्था आउनु मुलुककै लागि दुर्भाग्य भएको चेम्बरको ठहर छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय संस्थामा लामो समयदेखि सृजित समस्याले उद्योगी र व्यावसायिक क्षेत्रमा गम्भिर असर गरेको छ । व्यावसायिक समस्याकै कारण आत्मदाहको अवस्थामा पुग्नु समग्र राष्ट्रका लागि दुःखद् घटना हो।’

Hardik ivf

मुलुकमा नै केही गर्न खोज्ने युवाका लागि राज्य संयन्त्रबाट नीतिगत झण्झट अन्त्य गर्न र बैंक वित्तीय संस्थाले पनि ऋण लिने दिने प्रक्रियालाई सेवामुखी बनाउनुपर्ने चेम्बरले जनाएको छ । उच्च ब्याजदर नियन्त्रण एवम् लगानीमुखी वातावरण निर्माणका लागि राज्यका निकायमा पटकपटक ध्यानाकर्षण गराइएको चेम्बरले उल्लेख गरेको छ ।

मुलुकमा हुने उधारो कारोबारलाई निरुत्साहित गरी नगद कारोबारलाई प्रोत्साहन एवम् डिजिटल प्रणालीमा लैजान अध्यक्ष राजेन्द्र मल्लले आग्रह गरेका छन् । चेम्बरले ब्याजदरको स्थायीत्व र लगानीका लागि सहज वातावरण बनाउन केन्द्रीय बैंंक एवम् बैंक वित्तीय संस्थालाई पुनःआग्रह गरेको छ। पछिल्लो समय साना, मझौला, महिला उद्यमी, कृषिलगायतका क्षेत्रको उद्यमशिलता विकासका लागि राज्यले ठोस नीतिगत व्यवस्था गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ। 

प्रकाशित मिति: १७:०१ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्