Kathmandu Press

पूर्वसचिव रामेश्वर खनालले सुरू गरे नयाँ दाम्पत्य जीवन

खनाल र शर्माले दुवैतर्फको परिवारको उपस्थितिमा केक काटेर नयाँ यात्रा शुभारम्भ गरेका छन्।
पूर्वसचिव रामेश्वर खनालले सुरू गरे नयाँ दाम्पत्य जीवन

काठमाडौं, माघ १३ : तीन वर्षभन्दा बढी समयदेखि एकल जीवन बिताउँदै आएका पूर्वसचिव रामेश्वर खनालले नयाँ दाम्पत्य जीवन छन्। सरिता शर्मा पोखरेलसँग दाम्पत्य सम्बन्ध गाँसेर उनले बिहीबार सहयात्रा थालेका हुन्।

२०७६ असोजमा खनालकी पत्नी सचित्रा खनालको क्यान्सरका कारण निधन भएको थियो। खनालसँग वैवाहिक सम्बन्ध गाँसेकी शर्मा १९ वर्षदेखि नै एकल जीवन बिताइरहेकी थिइन्।

एकएक सन्तान रहेका दुवैले आफन्त र परिवारको सल्लाह र समर्थनमा सहयात्रा थालेका हुन्। खनाल र शर्माले दुवैतर्फको परिवारको उपस्थितिमा केक काटेर नयाँ यात्रा शुभारम्भ गरेका छन्।

प्रकाशित मिति: १५:४८ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्