Kathmandu Press

जयवागेश्वरीमा काठमाडौं महानगरपालिका वडा ८ को भवन बन्ने

भवनको महानगरपालिकाका प्रमुख बालेन शाह, कामपा–८ का वडाध्यक्ष आशामान सङ्गत लगायतले शिलान्यास गरेका छन्। पशुपति क्षेत्र विस्तारका क्रममा वडा भवन भत्काइएको थियो।
जयवागेश्वरीमा काठमाडौं महानगरपालिका वडा ८ को भवन बन्ने

काठमाडौं, माघ १३ : महानगरपालिका-८ को भवन जयवागेश्वरीमा बन्ने भएको छ। महानगरपालिकाको रु. तीन करोड लागतमा भवन निर्माण गर्न लागिएको हो। 

भवनको महानगरपालिकाका प्रमुख बालेन शाह, कामपा–८ का वडाध्यक्ष आशामान सङ्गत लगायतले शिलान्यास गरेका छन्। पशुपति क्षेत्र विस्तारका क्रममा वडा भवन भत्काइएको थियो।

Hardik ivf

वडा भवन भत्काइएपछि हाल पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरी कार्यालय रहेको जयवागेश्वरीमा वडा कार्यालय सञ्चालन भइरहेको छ। 

नयाँ भवन त्यससँगैको नेपाल वेद विद्याश्रमको नामका रहेको जग्गामा बनाउन लागिएको हो। तीन वर्षअघि तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले पनि भवन शिलान्यास गरेका थिए। वेद विद्याश्रमले विरोध गरेपछि काम रोकिएको हो। यसपटक भने कोषले निर्माण गर्न पत्र नै दिएपछि शिलान्यास गरिएको हो। वेद विद्याश्रम कोषअन्तर्गत सञ्चालनमा रहेको छ।

कार्यक्रममा महानगर प्रमुख शाहले कोषले वडा भवन निर्माणका लागि जग्गा उपलब्ध गराएकामा धन्यवाद दिए। उनले तोकिएकै समयमा भवन निर्माण हुने र नयाँ भवन बनेपछि वडा कार्यालयको सेवा प्रवाह सही हुने विश्वास व्यक्त गरे। 

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र रहेको पवित्र तीर्थस्थल भएकाले पनि यो महत्वपूर्ण स्थान भएको उनको भनाइ थियो। सम्पदा क्षेत्रको संरक्षण तथा सम्वर्धन गर्दै नेपालकै गौरवशाली पवित्र तीर्थस्थलका रूपमा विकास गर्न महानगरले काम गर्ने महानगर प्रमुख शाहको प्रतिबद्धता थियो। कोष र महानगरपालिका सँगसँगै मिलेर अगाडि बढ्नुपर्नेमा समेत उनले जोड दिएका थिए। 
    
कार्यक्रममा वडाध्यक्ष सङ्गतले लामो समयको प्रयासपछि वडा ८ ले भवन बनाउन जग्गा पाएकामा खुसी व्यक्त गरे। नक्साअनुसार सांस्कृतिक, मौलिकताले भरिएको भवन बन्ने उनले बताए। पशुपति क्षेत्रको इँटापाखामा स्वर्ण गणेश, गायत्री मार्गमा ब्रह्मा मन्दिर र जयवागेश्वरीमा महामृत्युञ्जय मन्दिर पुननिर्माणको शिलान्याससमेत गरिएको वडाध्यक्ष सङ्गतले जानकारी दिए। 

प्रकाशित मिति: १५:१९ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्