Kathmandu Press

सुनको मोल ७५ हजार पाँच सय रुपैयाँ, अझै बढ्ने

काठमाडौं, पुस २० : सुनको मूल्य एकाएक बढेको छ। आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सु....

सुनको मोल ७५ हजार पाँच सय रुपैयाँ, अझै बढ्ने

काठमाडौं, पुस २० : सुनको मूल्य एकाएक बढेको छ। आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य प्रतितोला ७५ हजार पाँच सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

पुस दोस्रो सातादेखि सुनको मूल्य बढ्न थालेको हो। गत बिहीबार प्रतितोला ७३ हजार पाँच हजार रहेको सुनको मूल्य शुक्रबार ७४ हजार पाँच सय पुगेको थियो। आइतबार भने एक हजार बढेर ७५ हजार पाँच सय पुगेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार, तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार दुई सय पुगेको छ। चाँदी भने प्रतितोला नौ सय रुपैयाँ रहेको छ।

सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ। अमेरिका र इरानबीचको तनाव र भारतीय मुद्रामा आएको गिरावटले सुनको मूल्य बढेको महासंघले जनाएको छ।

प्रकाशित मिति: ०१:११ बजे, आइतबार, पुस २०, २०७६