लोकदोहोरी गायक भीम पौडेलको निधन, आज अन्त्येष्टि गरिने
दर्जनौं गीत गाएर चर्चित बनेका उनी रक्तअल्पताको कारण दुई महिनादेखि बिरामी थिए। उपचार गराइरहेका उनी केही समययता घरमै आराम गरिरहेका थिए।
काठमाडौं, माघ १३ : लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। उनको स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित स्थित आफ्नै घरमा बिहीबार राति निधन भएको हो।
दर्जनौं गीत गाएर चर्चित बनेका उनी रक्तअल्पताको कारण दुई महिनादेखि बिरामी थिए। उपचार गराइरहेका उनी केही समययता घरमै आराम गरिरहेका थिए।
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले गायक पौडेलको निधनले आफू स्तब्ध भएको बताउँदै सामाजिक सञ्जालमार्फत श्रद्वाञ्जली दिएका छन्। उनको निधनमा अरु थुप्रै कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन्।
पौडेलको पार्थिव शरीरलाई आज (शुक्रबार) पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ। उनलाई श्रद्धाञ्जली दिन कलाकारहरू पोखरा पुगेका छन्।
प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












