Kathmandu Press

धनकुटाकाे जितपुरमा अस्पतालको भवन निर्माणमा ढिलाइ

नेपाल सरकारको रू. १० करोड ४२ लाखको लागतमा दुई वटा भवन निर्माणका लागि प्रतिष्ठा केएण्ड केजीजेभी काठमाडौँले ठेक्का पाएको थियो। 
धनकुटाकाे जितपुरमा अस्पतालको भवन निर्माणमा ढिलाइ

धनकुटा, माघ १३ : महालक्ष्मी नगरपालिकाको जितपुरमा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ। नेपाल सरकारको रू. १० करोड ४२ लाखको लागतमा दुई वटा भवन निर्माणका लागि प्रतिष्ठा केएण्ड केजीजेभी काठमाडौँले ठेक्का पाएको थियो। 

निर्माण कम्पनीले २०७८ साल असार २७ मा दुई वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो। जसअनुसार कम्पनीले अब ६ महिना अर्थात् २०८० असार २६ सम्ममा दुवै भवन निर्माण गरिसक्नुपर्नेछ। तर दुई वटामध्ये २४ कोठे एउटा भवनको मात्रै जग हालिएको छ। अर्को भवनको जग खन्ने काम मात्र भएको छ। 

Hardik ivf

सम्बन्धित निर्माण व्यवसायीलाई पहल गर्दा पनि बेवास्ता गरेको महालक्ष्मी नगरपालिकाका सूचना अधिकारी खगेन्द्र नेपालको भनाइ छ। 'निर्माण कम्पनीका सम्पर्क व्यक्तिले फोन उठाउँदैन। आधिकारिक मान्छे कहिल्यै देखापर्दैन। हामीलाई हैरान बनाइसक्यो', उनले भने, 'सँगै सम्झौता भएका अन्य जिल्लाका स्वास्थ्य भवन सञ्चालनमा आइसके पनि यहाँको भवन बन्न सकेको छैन।'

निर्माणमा प्रयोग हुने गिट्टी, इँटा मापदण्डविपरीत देखिएपछि रोकिएको काम फेरि सुरु हुन नसकेको नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक मन्जुकुमारी कार्की (अधिकारी) ले जानकारी दिइन्।

'काम सुरु नहुँदा कामदारसमेत अलपत्र परेका छन्', कार्कीले भने, 'आलटाल गरेर काम नगर्ने नियत पो हो की भन्ने लाग्न थालेको छ रु'  भवन निर्माणमा मजदुरीका लागि त्रियुगा नगरपालिका गाईघाटबाट आउनुभएका किसल मगरले आफूले दुई महिनादेखि मजदुरीको ज्याला नपाएको बताउनुभयो। त्यस्तै अर्का मजदुर उदयरपुर मैनामैनी–७ का टीकाराम राईले पनि काम नभएर स्थानीयको सहयोगमा खाना खाएर बसिरहेको बताए। 

नगरपालिकाले कम्पनीलाई पत्रचार गरी काम सुरु गर्न आग्रह गरिसकिएको र फागुन मसान्तसम्ममा पनि काम सुरु नगरे कम्पनीसँग ठेक्का तोड्ने नगरका मेयर ध्रुवराज रायाले जानकारी दिए। 

प्रतिष्ठा जेभीका सञ्चालक अशोक श्रेष्ठले भने काम छिट्टै सुरु हुने दाबी गर्नुभयो। भवन निर्माणमा प्रयोग भएका सामग्री प्राविधिकको परामर्शमा नै प्रयोग गर्न लागिएकोले मापदण्डविपरीत नभएको उहाँको दाबी छ। उहाँले हाल २० प्रतिशत काम सकिएको र बाँकी काम पनि समयमै पूरा हुने जिकिर गर्नुरे।

प्रकाशित मिति: १२:३२ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्