Kathmandu Press

सुनथराली विमानस्थलमा कालोपत्र गरिँदै

सुनथराली विमानस्थलमा कालोपत्र गरिँदै

कालीकोट, माघ १३ : कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने र  नाला बनाउने काम सकिन लागेको छ । 
 
विसं २०४२ मा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलमा रिपिटर टावर निर्माण भइसकेको छ । कालोपत्र र रङरोगन गर्ने काम भइरहेको सुनथराली विमानस्थल आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले जानकारी दिए। ‘विमानस्थल निर्माण सकिन लागेको छ,’ उनले भने, ‘चाँडै विमानस्थलमा जहाज अवतरण गराउने योजना छ।’

विसं २०७३ माघ २९ गते परीक्षण उडान गरिए पनि विमानस्थलमा नियमित उडान भने हुन सकेको थिएन । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले फागुनको पहिलो हप्तासम्म विमानस्थलमा पुनः परीक्षण उडानसँगै नियमित उडानको प्रयास भइरहेको बताए।  

विमानस्थल निर्माणमा रु एक अर्बभन्दा बढी खर्च भएको छ । कालोपत्र गर्न रु १४ करोड ९३ लाख खर्च भएको प्राधिकरणले जनाएको छ। 

प्रकाशित मिति: १२:१७ बजे, शुक्रबार, माघ १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्