Kathmandu Press

राष्ट्रपति भण्डारी राजाजस्तै : सुशिला कार्की 

पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजाजस्तै भएको टिप्पणी गरेकी छन्। 
राष्ट्रपति भण्डारी राजाजस्तै : सुशिला कार्की 

काठमाडौं, माघ १३ : पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजाजस्तै भएको टिप्पणी गरेकी छन्। 

बिहीबार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानुन समाज लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आमनिर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदन सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गर्दै राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरू पनि राजाजस्तै भएको कार्कीको टिप्पणी छ। 
 

प्रकाशित मिति: ०८:०७ बजे, शुक्रबार, माघ १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्