Kathmandu Press

बागमती प्रदेश मुख्य न्यायाधिवक्तामा नेपाल

बागमती प्रदेश मुख्य न्यायाधिवक्तामा नेपाल

मकवानपुर, माघ १२ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेशका मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गरेका छन।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का नेपाललाई मुख्य न्यायाधिकवक्तामा आज नियुक्त गरेका हुन। यसअघिका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले एक महिनाअघि राजीनामा दिएका थिए।

प्रकाशित मिति: २०:३३ बजे, बिहीबार, माघ १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्