Kathmandu Press

रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन। सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन्। 
रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

रुकुम, माघ १२ : रुकुम (पूर्व)  मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। 

वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन। सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन्। 

सल्यान र रुकुम (पश्चिम) को बिचमा समस्या हुँदा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम रुकुम (पूर्व) ले जनाएको छ। विद्युत् सञ्चालको लागि काम भइरहेको केन्द्रका प्रमुख सुरेस चौधरीले जानकारी दिए। 

विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, विद्युतीय काम गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कार्यालयमा पनि समस्या भएको रुकुमकोट जिल्ला अदालतकी निर्मला शर्माले बताए।

प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, माघ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्