Kathmandu Press

आत्मदाह गरेका आचार्यको परिवारलाई न्याय दिनुपर्ने भन्दै प्रदर्शन

आचार्यले उठान गरेका बिषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्।
आत्मदाह गरेका आचार्यको परिवारलाई न्याय दिनुपर्ने भन्दै प्रदर्शन

काठमाडाैं, माघ १२ : संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।

आचार्यले उठान गरेका विषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरुले 'अर्को जल्दो शरिर मेरो नहोस्', 'गरिखाने कि मरिजाने', 'उद्यमशील नेपाल नारा मात्र हो सरकार?' लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

Hardik ivf

यसअघि बुधबार बसेको मन्त्रीपरिषद् बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको थियो।

इलामका व्यवसायी आचार्यले मंगलबार नयाँ बानेश्वर सडकमा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। त्यसपछि उनलाई उद्धार गरी र्कीतिपुरस्थित बर्न अस्पतालमा लगिएको र उपचारका क्रममा बुधबार निधन भएको थियो।

maitighar pardassan_Moment TEGAHANET1674724535.jpg

maitighar pardassan_Moment1674724535.jpg

maitighar pardassan_Moment erabhaRBHN1674724534.jpg

 

 

maitighar pardassan_Moment AERBHRAWEHB1674724533.jpg

maitighar pardassan_Moment efbnrtfh1674724533.jpg

प्रकाशित मिति: १४:५० बजे, बिहीबार, माघ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्