Kathmandu Press

भारतीय दूतावासद्वारा विभिन्न कार्यक्रमको आयोजना

भारतीय राजदूतावास लैनचौरमा आयोजना गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सेनामा कार्यरत मृतक नेपालीका  परिवारलाई रु चार करोड ६० लाख नगद र कम्बल वितरण गरी सम्मान गरेका थिए।
भारतीय दूतावासद्वारा विभिन्न कार्यक्रमको आयोजना

काठमाडाैं, माघ १२ : भारतको ७४औं गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेको छ।

भारतीय राजदूतावास लैनचौरमा आयोजना गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सेनामा कार्यरत मृतक नेपालीका  परिवारलाई रु चार करोड ६० लाख नगद र कम्बल वितरण गरी सम्मान गरेका थिए।

सो अवसरमा राजदूत श्रीवास्तवले नेपालका विभिन्न संस्थालाई पुस्तक वितरण गरे। दूतावासले विभिन्न २३ संस्थालाई रु १६ लाख बराबरको पुस्तक उपहास्वरुप वितरण गर्ने जनाएको छ।

कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन पढेर सुनाइएको थियो। दूतावासले सेवानिवृत्त सैनिकलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतासमेत जनाएको छ । 

प्रकाशित मिति: १४:३९ बजे, बिहीबार, माघ १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्