Kathmandu Press

‘वाग्मती प्रदेशमा विकास निर्माणका कार्यले गति लिन्छ’

नेकपा माओवादी केन्द्र सिन्धुलीले आज बिहान आयोजना गरेको कार्यक्रममा उनले विकास निर्माणका कामलाई सही तवरले अगाडि बढाउन सरकार अग्रसर रहेको स्पष्ट पारे। 
‘वाग्मती प्रदेशमा विकास निर्माणका कार्यले गति लिन्छ’

काठमाडाैं, माघ १२ : वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउने बताएका छन्। 

नेकपा माओवादी केन्द्र सिन्धुलीले आज बिहान आयोजना गरेको कार्यक्रममा उनले विकास निर्माणका कामलाई सही तवरले अगाडि बढाउन सरकार अग्रसर रहेको स्पष्ट पारे। 

मन्त्री श्रेष्ठले प्रदेशका सबै जिल्लाका विकास निर्माणदेखि जनताका समस्या हल गर्दै प्रशासनिक कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, 'चुनावका बेला जेजस्ता प्रतिबद्धताहरू गरियो सबै अक्षरशः पूरा गर्न नसके पनि धेरैभन्दा धेरै प्रतिबद्धता पूरा गर्नेछु।' 

प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, माघ १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्