Kathmandu Press

कर्णाली सरकारले पायाे पूर्णता, कसलाई के जिम्मेवारी?

बुधबार पूर्णता दिइएको सात सदस्यीय मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना सम्मिलित छन्।
कर्णाली सरकारले पायाे पूर्णता, कसलाई के जिम्मेवारी?

सुर्खेत, माघ ११ : मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै मन्त्रिपरिषद विस्तार गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका छन्। योसँगै कर्णाली सरकारले पूर्णता पाएको छ। 

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले भोलिपल्ट २८ गते एमालेका शाह र माओवादीका मंगलबहादुर शाहीलाई विना विभागीय मन्त्री बनाएका थिए। यसअघि ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा एउटा मन्त्रालय घटाएर ७ सदस्यीय बनाइएको हो।

बुधबार पूर्णता दिइएको सात सदस्यीय मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना सम्मिलित छन्। माओवादी केन्द्रबाट मंगलबहादुर शाहीलाई भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत, कृष्ण जिसीलाई आन्तरिक मामिला तथा कानुन र भीमप्रकाश शर्मालाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी एमालेका विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन्।

 

प्रकाशित मिति: १७:३२ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्