Kathmandu Press

वीरगञ्जमा पनि निषेधाज्ञा

वीरगञ्जमा पनि तनाव उत्पन्न हुने जोखिमपछि जिल्ला सुरक्षा समितिले बिहीबार साँझ ५ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।
वीरगञ्जमा पनि निषेधाज्ञा

पर्सा, साउन १४ : आइतबार सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि सिरहा, जनकपुर लगायतका क्षेत्र तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा निषेधाज्ञा जारी गरेको छ।

वीरगञ्जमा पनि तनाव उत्पन्न हुने जोखिमपछि जिल्ला सुरक्षा समितिले बिहीबार साँझ ५ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो।

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, साउन १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्