Kathmandu Press

‘नेपाल–भारत सम्बन्धलाई नयाँ आयाममा अघि बढाउन दुवै देशका सरकार गम्भीर बन्नुपर्छ’

साक्षात्कारमा एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको भन्दै आगामी दिनमा अझ यसलाई मजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिए।
‘नेपाल–भारत सम्बन्धलाई नयाँ आयाममा अघि बढाउन दुवै देशका सरकार गम्भीर बन्नुपर्छ’

काठमाडाैं, माघ ११ : नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारत सम्बन्धलाई नयाँ आयाममा अघि बढाउन दुवै देशका सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको बीचमा रहेका समस्या पनि हल गरिनुपर्नेमा जोड दिए।

उनले भारतलाई पनि नेपालको अत्यन्तै ठुलो साथ र सहयोग रहेको उल्लेख गरे। उनले दुई देशबीच भएका समस्या समाधान गर्दा ‘कोही नहार्ने र कोही नजित्ने’ बाटो खोज्नुपर्ने सुझाव दिए।  उपाध्यायले नेपाल र भारतबीच रहेको व्यापार घाटा कम गर्नेगरि काम गर्नुपर्ने जिकिर गर्नुभयो ।

साक्षात्कारमा एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको भन्दै आगामी दिनमा अझ यसलाई मजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिए। भट्टराईले दुई देशबीच कतिपय पूराना विषय वार्ताको टेबुलमा बसेर टुंगो लगाउनुपर्ने उनले बताए।

दुई देशबीचका समस्या समाधानको लागि गठित इपिजीले प्रतिवेदन तयार पारेर बुझाउन खोज्दापनि भारतले नबुझेकोमा उहाले गुनासो गरे।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले नेपाल र भारतबीच हजारौं वर्षको पूरानो सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताए। नेपालमा विजुली उत्पादन बढि भएर अब बजारको समस्या आइरहेको उनले बताए।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता राजकिशोर यादवले नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको भन्दै आगामी दिनमा यसलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १७:०९ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्