कर्णाली सभामुख गुरुङद्वारा पार्टी सदस्यता परित्याग
सत्ता गठबन्धन दल नेकपा एमालेबाट गुरुङ यही माघ १ गते सभामुखमा निर्वाचित भएकी थिइन्।
सुर्खेत, माघ ११ : कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छन्।
उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएकी हुन्। जारी विज्ञप्तिमार्फत सभामुख गुरुङले भनेका छन्, ‘सभामुख पदका हिसाबले साझा भूमिकामा रहनुपर्ने भएकाले संवैधानिक प्रावधानप्रति प्रतिबद्ध हुँदै म आबद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी र आबद्धताबाट अलग भएको घोषणा गर्दछु।’
सत्ता गठबन्धन दल नेकपा एमालेबाट गुरुङ यही माघ १ गते सभामुखमा निर्वाचित भएकी थिइन्।
सभामुख पदको जिम्मेवारी बहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरेकी छन्। सभामुख गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएको थिइन्। हाल उनी वीरेन्द्रनगर नगरपालिका-२ सुर्खेत निवासी हुन्।
प्रकाशित मिति: १६:५२ बजे, बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार