Kathmandu Press

प्रदेश १ मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज (बुधबार) संविधानको धारा १६० बमोजिम उनलाई नियुक्त गरेका हुन्।
प्रदेश १ मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य

मोरङ, माघ ११ : प्रदेश १ मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन्। 

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज (बुधबार) संविधानको धारा १६० बमोजिम उनलाई नियुक्त गरेका हुन्।

जिल्ला बार एकाइ झापाका पूर्वअध्यक्ष भएका आचार्य झापाका कमल गाउँपालिका निवासी हुन्। उनले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति: १३:२५ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्