Kathmandu Press

ट्राफिक प्रहरीविरूद्ध अटो व्यवसायीको प्रदर्शन

कुलेश्वर क्षेत्रमा आफ्नो पसल अगाडी सवारी साधन रोक्न नदिएको र जसका कारण आफ्नो व्यवसाय नै धरासयी भएको भन्दै कुलेश्वर अटो व्यवसाय संघले विरोध प्रदर्शन सहित महानगरको ध्यानाकर्षण गराएको हो।
ट्राफिक प्रहरीविरूद्ध अटो व्यवसायीको प्रदर्शन

काठमाडाैं, माघ ११ : अटो व्यवसायीहरुले ट्राफिक प्रहरीका कारण आफ्नो व्यवसायी धराशयी भएको भन्दै काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएका छन्। 

कुलेश्वर क्षेत्रमा आफ्नो पसल अगाडी सवारी साधन रोक्न नदिएको र जसका कारण आफ्नो व्यवसाय नै धराशयी भएको भन्दै कुलेश्वर अटो व्यवसाय संघले विरोध प्रदर्शन सहित महानगरको ध्यानाकर्षण गराएको हो।

Hardik ivf

प्रदर्शनमा सहभागीहरुले ट्राफिक आतंक बन्द गर, काठमाडौं महानगरपालिका गरि खाना देउ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

संघका अध्यक्ष जिवराज भट्टराईले केहि दिन देखि आफ्नो व्यवसाय अगाडीको क्षेत्रमा ट्राफिक प्रहरीले हस्तक्षेप गरेको कारण बाध्य भएर प्रदर्शन गर्नुपरेको बताए।

उनले महानगरले गर्नुपर्ने काम ट्राफिक प्रहरीले गरेको र ट्राफिक प्रहरीले गर्नुपर्ने काम महानगरले गरेकाले ध्यानाकर्षण गराइएको बताए।

महानगरले केही दिनभित्र यस विषयमा सुनुवाइ गर्ने आश्वास दिएको उनले जानकारी दिए।

प्रकाशित मिति: १४:०६ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्