साँझबाट मौसममा क्रमिक सुधार हुने

हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात गराएको हो।
साँझबाट मौसममा क्रमिक सुधार हुने

काठमाडाैं, माघ ११ : देशका खासगरी पूर्वी भेगबाहेक अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात गराएको हो।

महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पहाडी भूभागमा वर्षा र हिमपात भइरहेको छ। तराईका केही भेग र गण्डकी प्रदेशमा बदली रहेको छ। काठमाडौँ उपत्यकाको आकाशमा हल्का  बदली रहेको छ। साँझबाट मौसम क्रमिक रुपमा सुधार हुनेछ। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली,  लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षा हुनका साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १३:२४ बजे, बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्