Kathmandu Press

नेपाल कानुन समाज ४१ वर्षमा

स्थापना दिवसका अवसरमा समाजले संस्थापकप्रति कृतज्ञता व्यक्त गर्दै संस्थासँग आबद्ध सबै सदस्य, सरोकारवाला तथा शुभचिन्तकमा शुभकामना व्यक्त गरेको छ।
नेपाल कानुन समाज ४१ वर्षमा

काठमाडाैं, माघ १० : मुलुकको कानुन क्षेत्रको उन्नयनका लागि स्थापना भएको नेपाल कानुन समाज ४१ वर्षमा प्रवेश गरेको छ। समाज २०३८ माघ १० गते स्थापना भएको हो। 

स्थापना दिवसका अवसरमा समाजले संस्थापकप्रति कृतज्ञता व्यक्त गर्दै संस्थासँग आबद्ध सबै सदस्य, सरोकारवाला तथा शुभचिन्तकमा शुभकामना व्यक्त गरेको छ।

कानुनी राज, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको विकासका लागि समाजले विभिन्न गतिविधि गर्दै आएको समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिए।

लोकतन्त्रको लाभ जनस्तरसम्म पुग्नुपर्छ भन्ने सबैको एउटै विचार र अडान हुनुपर्नेमा समाजले जोड दिँदै आएको छ।

संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र यसले परिकल्पना गरेको समावेशी लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि राज्यका तीनै अंग, नागरिक समाज र सरोकारवाला सबैलाई कमजोरी नदोहोर्‍याउन र सकारात्मक पक्षको संवद्र्धन गर्न सङ्कल्प लिन समाजले अपिल गरेको छ।

प्रकाशित मिति: १७:२८ बजे, मंगलबार, माघ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्