Kathmandu Press

एमालेका सबै जनसंगठनको सम्मेलन मिति घोषणा

नेकपा एमालेका सबै जनवर्गीय संगठनका राष्ट्रिय अविधेशन/सम्मेलन मिति तय  गरिएको छ।
एमालेका सबै जनसंगठनको सम्मेलन मिति घोषणा
Hardik ivfHardik ivf

काठमाडाैं, माघ १० : नेकपा एमालेका सबै जनवर्गीय संगठनका राष्ट्रिय अविधेशन/सम्मेलन मिति तय  गरिएको छ। नौवटा जनवर्गीय संगठनको महाविधेशन/सम्मेलन मिति घोषणा गरिएको एमाले जनसंगठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन्। उनका अनुसार सबै जनसंगठनले चैत मसान्तभित्र अधिवेशन/सम्मेलनका लागि मिति घोषणा गरेका हुन्।

गत पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न जनसंगठनको भेलाले आगामी चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन÷ सम्मेलन गर्ने निर्णय गरेका थिए। सदस्य खड्काले सबै जनसंगठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन÷सम्मेलनको मिति तोकेको जानकारी दिए। उनका अनुसार अनेरास्ववियुको आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा, नेपाल खेलकुद महासंघको फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको चैत ११ र १२ गते काठमाडौंमा सम्मेलन हुने भएको छ।

यस्तै लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको चैत १८ र १९ गते काठमाडौँ, नेपाल पिछडा वर्ग महासंघको चैत २२ र २३ गते वीरगञ्जमा, पेसागत महासंघ नेपालको चैत २४ र २५ गते काठमाडौँमा, अखिल नेपाल महिला संघको चैत २५ देखि २६ गते काठमाडौँमा, अखिल नेपाल किसान महासंघको चैत २६ देखि २८ गते नवलपुरमा र राष्ट्रिय युवा संघको चैत २७ देखि २९ गतेसम्म बाँकेमा सम्मेलन हुने जनाइएको छ।एमाले र तत्कालीन नेकपा ९माओवादी केन्द्र० सँगको पार्टी एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि जनवर्गीय संगठनका अधिवेशन नियमित हुन सकेका थिएनन्। एमालेका २३ जनवर्गीय संगठन छन्।

प्रकाशित मिति: १४:१२ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्