Kathmandu Press

मापदण्डविपरीत क्रसर उद्योगको छानबिन सुरु

मापदण्डविपरीत क्रसर उद्योगको छानबिन सुरु

दैलेख, माघ १० : जिल्ला प्रशासन कार्यालय दैलेखले यहाँ सञ्चालित क्रसर उद्योगको छानबिन सुरु गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि ती उद्योगहरुले न्यूनतम मापदण्ड पूरा गर्न कागजात पूरा गरेका छन् वा छैनन् भन्ने विषयमा छानबिन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए। 

क्रसर उद्योगले सडक बनाउने बहानामा जम्मा गरेका गिट्टी, बालुवा र ढुङ्गा अन्यत्र बिक्री वितरण गरेको गुनासो आएकाले तत्कालै कति परिमाण चाहिने हो सोहीअनुसार मात्र उत्पादन गर्नका लागि आवश्यक पर्ने विवरण माग गरिएको र अनुगमन कडाइ गरिएको कोइरालाको भनाइ छ ।

Hardik ivf

मध्यपहाडी राजमार्गअन्तर्गत दैलेख भू(भागमा करिब एक सय २५ किलोमिटर सडकको काम सुरु भएको वर्षौँ भइसकेको छ । निर्माणको जिम्मा लिएका ठेकेदारले सडक निर्माण लागि सञ्चालन गरिएका क्रसर उद्योगले हरेक वर्ष अवैधरूपमा गिट्टी र बालुवा बिक्री गरिरहेको आरोप छ । 

स्थायी प्रकृतिको एक र सडक निर्माणका लागि भन्दै अस्थायी प्रकृतिका गरी आठवटा क्रसर उद्योग सञ्चालनमा छन् । सञ्चालन भएका उद्योगले न्यूनतम मापदण्ड पूरा गर्न नगरेको पाइएको हो । जिल्ला प्रशासन र सम्बन्धित निकायबाट बेला(बेलामा अनुगमन हुने भए पनि मापदण्डविपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द भएका छैनन्। 
 
भगवतीमाई गाउँपालिकाको लोहोरे, नारायण नगरपालिका–२ कुसाँडा, नारायण नगरपालिका–८ बगौरा, महावु गाउँपालिका(१ भिरखेत, चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ लैनचौर, आठबीस नगरपालिका–२ सिस्ने, आठबीसको शाहीगाउँ र टुनिबगरमा क्रसर उद्योग सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय दैलेखको भनाइ छ। 

प्रकाशित मिति: १३:०७ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्