Kathmandu Press

बहुदरमाईले मधेस विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने

बहुदरमाईले मधेस विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने

काठमाडौं, माघ १० : मधेस विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ ।

बहुदरमाई –२ स्थित पिपराटोलमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा नगरपालिकासंग विश्वविद्यालयलाई  जग्गा उपलब्ध गराउने सहमति भएको विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले जानकारी दिए। उनका अनुसार नगरपालिकाले २५ देखि ३० बिघा क्षेत्रफल जग्गा विश्वविद्यालयलाई  उपलब्ध गराउने छ ।  

Hardik ivf

बहुदरमाई नगरपालिकाका प्रमुख सिङ्गासन साह तेलीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट मधेस विश्वविद्यालयको शाखा सञ्चालनका लागि जग्गा उपलब्ध सहमति भएको सो नगरपालिका वडा नं २ का वडाध्यक्ष जितेन्द्र पटेलले जानकारी दिए। 

यसअघि पर्साको पकाहा मैनपुर गाउँपालिका–२ स्थित श्रीराम जानकी मन्दिरको जग्गामा मधेस विश्वविद्यालयको एउटा शाखा राख्नुपर्ने माग त्यहाँका युवाहरूले गरेका थिए।  

प्रकाशित मिति: १०:५२ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्