Kathmandu Press

त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने

संघका कावा अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज (साेमबार) यहाँ बसेको बैठकले समितिका संस्थापक अध्यक्ष स्व पौडेलको स्मृतिमा रू. १० लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए।
त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने

पाेखरा, माघ ९ : नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष स्व त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ। 

संघका कावा अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज (साेमबार) यहाँ बसेको बैठकले समितिका संस्थापक अध्यक्ष स्व पौडेलको स्मृतिमा रू. १० लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए।

पत्रकार महासंघ गण्डकीले पाँच लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी पाँच लाख प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकसँग समन्वय गरेर जुटाउने उनले बताए।

हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ। पुरस्कारका लागि आवश्यक थप कार्यविधि पनि बनाइने जनाइएको छ।

यसैबीच पत्रकार महासंघ गण्डकीले आजै स्वर्गीय पौडेलको निवासमा पुगेर श्रद्धाञ्जलीसभा गरेको छ। श्रद्धाञ्जली सभामा कावा अध्यक्ष शर्माले गण्डकी प्रदेश मात्र नभइ सिङ्गो पत्रकारिताको क्षेत्रमा उहाँको महत्वपूर्ण भूमिका रहेको बताए।

पौडेलेको माघ १ गते पोखराको सेती नदीको खोंचमा भएको यती एयरलायन्सको जहाज दुर्घटनामा परी निधन भएको थियो। 

स्व पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकीको सल्लाहकार समेत हुनुहुन्थ्यो। उनी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा आबद्ध थिए। उनले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनलगायत मिडियामा काम गरिसकेका थिए। पछिल्लाे समय उनी पोखरा हटलाइन दैनिकका प्रकाशक/सम्पादक थिए। 

प्रकाशित मिति: १३:१३ बजे, सोमबार, माघ ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्