Kathmandu Press

गण्डकी प्रदेशमा कुन मन्त्रालय रहने, कुन खारेज हुने ?

सत्तारुढ गठबन्धनबीचको छलफलमा यसअघि कायम रहेका १२ मन्त्रालयलाई घटाएर ७ मन्त्रालयमा झार्ने सहमति भएकाे हाे ।
गण्डकी प्रदेशमा कुन मन्त्रालय रहने, कुन खारेज हुने ?
Hardik ivfHardik ivf

काठमाडौं, माघ ९ : गण्डकी प्रदेश सरकारमा रहने मन्त्रालयको टुंगो लागेको छ । सत्तारुढ गठबन्धनबीचको छलफलमा यसअघि कायम रहेका १२ मन्त्रालयलाई घटाएर ७ मन्त्रालयमा झार्ने सहममित भएपनि कुन मन्त्रालय राख्ने र कुनलाई खारेज गर्ने भन्ने टुंगो लाग्न सकेका थिएनन् । 

सोमबारको छलफलबाट भने प्रदेश सरकारमा रहने सात मन्त्रालयको टुंगो लागेको बताइएको छ । अब बन्ने सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक तथा स्वास्थ्य मन्त्रालय, उद्योग, वन तथा वातावरण मन्त्रालय र कृषी तथा जलस्रोत मन्त्रालय रहने बताइएको छ ।

गण्डकीमा मन्त्रालयको टुंगो लागेपछि गठबन्धनबीच आजै भागबन्डा लगाइने र साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको छ ।

गण्डकीमा यसअघि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय,  उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय, आन्तरिक मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय, स्वास्थ्य तथा जनससंख्या मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहरी विकास मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रलाय, कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, अर्थ मन्त्रालय लगायतका मन्त्रालय कायम थिए । 

धेरै मन्त्रालय हुँदा आर्थिक भार पर्ने हुँदा प्रदेश सरकारले सहमतिमै मन्त्रालय घटाउन लागेको हो । 
 

प्रकाशित मिति: १२:०६ बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्