काठमाडौंको असनमा आगलागी, निभाउन चार दमकल पुगे
काठमाडौं, पुस १८ : काठमाडौं मुख्य केन्द्र असनको एउटा घरमा आगलागी भएको छ। शुक्रबार बेलुका साढे ६ बजे असनको केलटोलको एक घरको चौथो तलामा आगो लागेको हो।
काठमाडौं, पुस १८ : काठमाडौं मुख्य केन्द्र असनको एउटा घरमा आगलागी भएको छ। शुक्रबार बेलुका साढे ६ बजे असनको केलटोलको एक घरको चौथो तलामा आगो लागेको हो।
काठले बनेको उक्त घरमा लागेको आगो निभाउन चार वटा दमकल पुगेका छन्। स्थानीयवासीका अनुसार जाडोमा आगो ताप्न प्रयोग गरिएको व्रिगेड सल्किएर आगो लागेको हो।
महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार अहिले चार वटा दमकलले आगो निभाइरहेका छन्। असन निकै सागुरो वस्ती भएको र सबै घरहरु एकआपसमा जोडिएकाले अन्य घरमा फैलन नदिन चार वटा दमकल एकै पटक प्रयोग गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९:२४ बजे, शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)