Kathmandu Press

एक महिनाको गैँडा मृत अवस्थामा भेटियो

एक महिनाको गैँडा मृत अवस्थामा भेटियो
Hardik ivf

चितवन, माघ ८ : भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ ।  शनिबार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा  भेटिएको हो । भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत भेटिएको उनले जानकारी दिए ।
 
तिवारीका अनुसार  प्राकृतिक कारणले गौँडाको बच्चा मरेको हुन सक्छ । चालु आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा ११ गैँडा मृत अवस्थामा भेटिएका छन् । ती मध्ये आठ कालगतिले मरेका हुन् । दुई चोरी शिकारीले र एउटा गाउँ छिर्ने समयमा विद्युतीय करेन्ट लागेर मेरेको हो ।  

प्रकाशित मिति: १९:२१ बजे, आइतबार, माघ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्