Kathmandu Press

नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको अध्यक्षमा यादव

नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको अध्यक्षमा यादव

काठमाडाैं, माघ ८ : नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार सकिएको महाअधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ ।

महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्ञान राज राई, महिला उपाध्यक्षमा अलिसा उलक तथा उपाध्यक्षमा मणिराम फुँयाल र पदमबहादुर खड्का चयन भएका छन। उपाध्यक्षमा पूर्वक्षेत्रतर्फ ईश्वरचन्द राजवंशी, मध्य क्षेत्रमा सूर्यदेवप्रसाद यादव र पश्चिम क्षेत्रमा वसन्तकुमार राय निर्वाचित भएका छन।

Hardik ivf

सङ्घको महासचिवमा रेवती प्रकाश सुवेदी र उपमहासचिवमा नीरेन्द्र न्यौपाने निर्वाचित भएका छन। सचिवमा पूर्व क्षेत्रतर्फ श्यामकिशोर चौधरी, मध्यक्षेत्रतर्फ नरबहादुर विष्ट र पश्चिम क्षेत्रतर्फ रामरतन रजक निर्वाचित भएका छन। सङ्घको सहसचिवमा झरना दाहाल, कोषाध्यक्षमा सनोदकुमार पौडेल र सहकोषाध्यक्षमा उपेन्द्रकुमार गुप्ता निर्वाचित भएका छन।

त्यसैगरी, सदस्यतर्फ सीता महर्जन, अम्बिका पोखरेल, भगीरथ खड्का, सालिकराम मिश्र, कमलप्रसाद पाण्डे, अञ्जु कोइराला दाहाल, भुषण अधिकारी, गिरीप्रसाद पराजुली, ओमराज रेग्मी, ग्याल्छेन तामाङ, हस्तबहादुर धलान, गणेशप्रसाद पौडेल, शिवलाल घर्ती र रामप्रसाद चौधरी निर्वाचित भएका छन।

प्रकाशित मिति: १८:२८ बजे, आइतबार, माघ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्