Kathmandu Press

राजस्व संकलन संकटोन्मुख 

चालु आर्थिक वर्षको बितेका पाँच महिनाको सूचकले आर्थिक अवस्था चिन्ताजनक देखाएको छ। तथ्यांकले यसपल्ट २० प्रतिशतले राजस्व कम उठेको देखिन्छ। 
राजस्व संकलन संकटोन्मुख 

काठमाडौं, माघ ८ : आर्थिक सूककहरूले चालु आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा बढी राजस्व संकलन गर्ने सरकारको लक्ष्य विफल हुने देखाएका छन्।

चालु आर्थिक वर्षको बितेका पाँच महिनाको सूचकले आर्थिक अवस्था चिन्ताजनक देखाएको छ। तथ्यांकले यसपल्ट २० प्रतिशतले राजस्व कम उठेको देखिन्छ। 

Hardik ivf

सरकारको पुँजीगत र चालु खर्च गर्ने मुख्य स्रोत नै राजस्वको संकलन हो। चालु आर्थिक वर्षको बितेका ५ महिनामा १ खर्ब ७४ अर्ब ३७ करोड ५४ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य सरकारको थियो।

तर यस अवधिमा १ खर्ब ५० अर्ब ६० करोड १८ लाख ८० हजार रूपैयाँ मात्र राजस्व संकलन भएको अर्थ मन्त्रालयको तथ्यांक छ।

यो सात वर्षयताकै नाजुक अवस्था हो। चालु आर्थिक वर्षको गएका पाँच महिनामा सरकारी ढुकुटीको सञ्चिति पनि रित्तिँदै गएको छ। 

राजस्वका अधिकारीले जनाएअनुसार अहिलेको अवस्था विद्यमान रहे दुईतीन महिनापछि कर्मचारीलाई तलब भत्ता खुवाउनसमेत हम्मे पर्नेछ। अर्थतन्त्र कमजोर हुँदै गर्दा चालु खर्च भने ह्वात्तै बढेको छ। तर राजस्व संकलन हुन सकिरहेको छैन। 

प्रकाशित मिति: १८:०९ बजे, आइतबार, माघ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्