Kathmandu Press

चिSSसो काठमाडौं, कस्तो छ आगामी हप्ताको मौसम?

काठमाडौं, पुस १८ : बिहानैदेखि पानी परेपछि काठमाडौं उपत्यकामा शुक्रबार दिनभर चिसो बढ्यो। केही दिनदेखि घट्दै गएको काठमाडौंको तापक्रम पानी परेसँगै बिहानद....

चिSSसो काठमाडौं, कस्तो छ आगामी हप्ताको मौसम?
रिवाज राई

काठमाडौं, पुस १८ : बिहानैदेखि पानी परेपछि काठमाडौं उपत्यकामा शुक्रबार दिनभर चिसो बढ्यो। केही दिनदेखि घट्दै गएको काठमाडौंको तापक्रम पानी परेसँगै बिहानदेखि ६ डिग्री सेल्सियस रहेको तापक्रम दिनभर ९ डिग्रीभन्दा माथि चढ्न सकेन।

राजधानीमा दिनभर पानी पर्ने र निकै चिसो बढेपछि न्यानो खोज्नलाई आगो ताप्नेदेखि सडकमा हिड्नेहरु न्यायानो कपडा लगाएर हिडेका देखिन्थे। काठमाडौं उपत्यकाको मौसम यो हप्ता कहिले बादल, छिनछिनमा घाम र कहिले पानी पर्ने अनुमान गरिएको छ।

भोलि  (शनिबार) दिनभर बादल लाग्नेछ। बिहान ९ बजेसम्म घाम लागेपछि त्यसपछि दिनभर बादलर बेलुका हल्का पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ। 

त्यस्तै, आइतबार केहीबेर घाम लाग्ने र अधिकांश समय बादल लाग्नेछ भने सोमबार भने दिनभर घाम लाग्ने छ। मंगलबार पनि घाम लाग्ने र बादल लाग्ने रहेको अनुमान गरिएको छ। 

बुधबार र बिहीबार भने पानी पर्ने अनुमान गरिएको छ। शुक्रबारबाट बल्ल मौसम सफा भएर घाम लाग्ने मौसम विज्ञान पूर्वानुमान शाखाले जनाएको छ। 

प्रकाशित मिति: ०८:४३ बजे, शुक्रबार, पुस १८, २०७६