Kathmandu Press

रोटरी क्लब अफ रुद्रमति काठमाडौंद्वारा  ‘मेडिकल उपकरण’ प्रदान 

रोटरी क्लब अफ रुद्रमति काठमाडौंद्वारा  ‘मेडिकल उपकरण’ प्रदान 

काठमाडौं, माघ ८ : रोटरी क्लब अफ रुद्रमति काठमाडौंले दक्षिणकाली नगरपालिका, फर्पिङमा अवस्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई ‘मेडिकल उकरण’ प्रदान गरेको छ ।

दक्षिणकाली नगरपालिका–६ फर्पिङमा रहेको अस्पतालमाआयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले अस्पताल सञ्चालक समितिका अध्यक्ष पूर्णबहादुर शाहीलाई ३४ प्रकारका मेडिकल उपकरण प्रदान गरेका हुन । 
    
ग्लोबल ग्रान्ट अन्र्तगत द रोटरी फाउण्डेशन तथा रोटरी डिस्ट्रिक्ट ६०४० अन्र्तगतका पाँच रोटरी क्लवको सहयोगमा रोटरी क्लब अफ रुद्रमति काठमाडौंले शनिवार मेडिकल बेड (२० वटा), थर्ममिटर (५० वटा), क्स–रे भ्यु बक्स (५ वटा) र यूनिनरी क्थेटर (८० वटा) लगायत ३४ प्रकारका उपकरण हस्तारण गरेको हो ।

सोही अवसरमा मन्त्री गिरीले खासगरी दुर्गम र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको पहुँचमा स्वास्थ्य सेवा पु¥याउँदै समग्र नेपालको स्वास्थ्य सेवालाई गुणस्तरी र प्रभावकारी बनाउने सरकारको मुख्य योजना रहेको बताए । उनले भने, ‘अहिले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारण जनताको पहुँचभन्दा धेरै टाढा छ, देशको स्वास्थ्य क्षेत्र नाजुक छ, यसबारेमा सरकार सचेत छ, स्वास्थ्य क्षेत्रको सुधार मेरो पहिलो प्राथमिकता भएको छ।’
    
मन्त्री गिरीले अब सरकारले छिट्टै स्वास्थ्य बिमालाई निरन्तरता दिने र बीमा मार्फत स्वास्थ्य क्षेत्रलाई निःशुल्क बनाउने प्रतिबद्दता समेत व्यक्त गरे । उनले जिर्ण अवस्थामा रहेको किर्तिपुर, दक्षिणकाली हुँदै हेटौँडा जोड्ने सडक पुनःनिर्माणको निम्ति पहल गर्ने आश्वसनसमेत दिए ।

Hardik ivf

कार्यक्रममा मन्त्री गरीले रोटरी जस्तो पवित्र अन्तर्राष्ट्रिय सामाजिक संस्थाले नेपालको समुदायको विकास एवं सेवामा पुर्याईरहेको योग्दानको उच्च प्रशंसा गर्दै आगामी दिनमा स्वास्थ्य मन्त्रालय रोटरीसँगको सहकार्यका लागि उत्साहित रहने समेत बताएका थिए । रोटरीले गरेको कामवाट आफु अत्यन्तै प्रभावित भएको भन्दै उनले रोटरीको सदस्य हुन नपाएकोमा पछुतो भएको समेत बताएका थिए । 

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले दक्षिणकाली हुँदै हेटौँडा जाने बाटो निर्माणका लागि पहल गर्न मन्त्री समक्ष आग्रह गरे ।  उनले दक्षिणकाली नगरपालिकालाई नमूना नगरपालिकाको रुपमा विकास गर्ने योजना सुनाउँदै सहयोगको निम्ति संघ र प्रदेश सरकारसँग अपिल गरे ।

323193759_935214651220305_4629967702913567136_n1674378652.jpg

सोही कार्यक्रममा रोटरी डिस्ट्रिक  ३२९२ नेपाल भूटानका  डिस्ट्रिक्ट गभर्नर जितेन्द्रबहादुर राजभण्डारी र पूर्व गभर्नर दिलेन्द्र राज श्रेष्ठले रोटरी क्लबले खासगरी शिक्षा, स्वास्थ्य, वातारण, शान्ति तथा द्धन्द्ध निरुपण र बालबालिकाको क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएको बताए ।   

अस्पताल सञ्चालक समितिका अध्यक्ष पूर्ण बहादुर शाहीले स्वास्थ्य बीमालाई निरन्तरता दिनुका साथै आफ्नो अस्पतालले सुरु गर्न लागेको ‘डाइलासिस’ सेवा सञ्चालनको निम्ति आर्थिक सहयोग गर्न अनुरोध गरेका थिए ।

रोटरी क्लब अफ रुद्रमतिका अध्यक्ष किशोर त्रिपाठीले अहिले क्लबले मेडिकल उपकरण मात्रै सहयोग गरेपनि आगामी दिनमा अन्य विविध सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । सोही अवसरमा मन्त्री गिरीले अस्पतालको निरीक्षण पनि गरेका थिए ।

प्रकाशित मिति: १४:०२ बजे, आइतबार, माघ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्