Kathmandu Press

एमाले नेता रिजालको प्रश्न– २८ दिनअघि कांग्रेसकै सरकार हुँदा लामिछाने र कोइरीमाथि किन केही भएन ? 

एमाले नेता रिजालको प्रश्न– २८ दिनअघि कांग्रेसकै सरकार हुँदा लामिछाने र कोइरीमाथि किन केही भएन ? 

काठमाडौं, माघ ८ : नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुखका विष्णु रिजालले रवि लामिछाने र लक्ष्मी महतो कोइरीको विवाद भर्खरै नआएको बताएका छन् । 

रवि लामिछानेको नागरिकता विवाद र एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई लिएर सामाजिक सञ्जाल र संसदमा समेत विभिन्न टिकाटिप्पणी भइरहेका छन् । लामिछाने गृहमन्त्री भएको र आफ्नै अगाडि फरार सांसद संसदमा उपस्थित हुँदा पनि उनले नदेखेको भन्ने गैरजिम्मेवार जवाफ दिएपछि सरकारमा भएका कारण कोइरीलाई एमालेले बचाएको भन्ने ढंगका आलोचना हुँदै आएको छ । 

Hardik ivf

त्यस्तै आफूमाथि नागरिकता सम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेकै अवस्थामा लामिछाने गृहमन्त्री बनेकोमा पनि विभिन्न आशंकाहरु व्यक्त गरिएका छन् । यी र यस्ता प्रवृत्तिलाई एमाले नेतृत्वको गठबन्धनको सरकारले जोगाएको भन्ने आरोप पनि सुरु भएको छ । सोही विषयमा प्रतिक्रिया दिँदै एमाले नेता रिजालले २८ दिन अघिसम्म कांग्रेस नेतृत्वको सरकार हुँदा पनि किन केही नगरेको भन्ने प्रश्न गरेका छन् ।  

‘रवि लामिछानेको नागरिकता र लक्ष्मी कोइरीसम्बन्धी अदालतको आदेश भर्खरै आएका विषय होइनन् । २८ दिनअघिसम्म प्रधानमन्त्री, गृहमन्त्री, कानुनमन्त्री कांग्रेसकै थिए । मानौँ, कांग्रेसले दावी गरेझैँ अहिले उनीहरु सत्ताधारी भएर कारवही हुन सकेन । तर, कांग्रेसको सरकार हुँदा किन केही भएको रहेनछ?,’ उनले भनेका छन् । 

प्रकाशित मिति: १३:५९ बजे, आइतबार, माघ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्