Kathmandu Press

चंखेली गाउँपालिका अध्यक्ष शाही कांग्रेस प्रवेश

२०७९ वैशाखमा भएको निर्वाचनमा उनी गठबन्धनलाई पराजित गरेर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए । 
चंखेली गाउँपालिका अध्यक्ष शाही कांग्रेस प्रवेश
Hardik ivf

काठमाडौं, माघ ८ : हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

२०७९ वैशाखमा भएको निर्वाचनमा उनी गठबन्धनलाई पराजित गरेर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए । 

गाउँपालिका अध्यक्ष शाहीलाई शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम् केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी प्रवेश गराएका हुन् ।

प्रकाशित मिति: ०८:२७ बजे, आइतबार, माघ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्