Kathmandu Press

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

गण्डकी, माघ ७ : गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन। मुख्य न्यायाधिवक्तामा नियुक्त भएका बराल पोखरा महानगरपालिका वडा नं २६ बरालडाँडा निवासी हुन।

नवनियुक्त महान्यायाधिवक्ता बरालले आजै शपथ लिएका छन। बराललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शपथ गराएका थिए। शपथ समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारीको उपस्थिति थियो ।

बरालले कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन। हाल उनी काठमाडौँमा सिरमर ल फर्म सञ्चालन गरी वकालत गर्दै आएका छन।

प्रकाशित मिति: २०:३९ बजे, शनिबार, माघ ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्