Kathmandu Press

पन्ध्र किलो बढी चरेससहित कञ्चनपुरबाट दुई जना पक्राउ

पन्ध्र किलो बढी चरेससहित कञ्चनपुरबाट दुई जना पक्राउ
Hardik ivf

कञ्चनपुर, माघ ७ : कञ्चनपुरका दुई जनालाई प्रहरीले १५ किलो पाँच सय २० ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाका आधारमा बझाङ केदारस्यु गाविस वडा नं ७ घरभै भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने करन धामीलाई जाँच गर्दा उनको साथबाट चरेस बरामद गरेको हो ।

धामीलाई सोधपुछ गर्दा चरेस शुक्लाफाँटा नगरपालिका–१२ देखतभूली बस्ने महेशप्रसाद भट्टलाई समेत बिक्री वितरण गरेको बताएपछि भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए।

भट्टको साथबाट ७६ ग्राम लागुऔषध चरेस बरामद भएको उनको भनाइ छ । चरेससहित पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धानको कार्य गरिरहेको छ । दुवै जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरे पनि आजमात्रै जानकारी गराएको छ ।

प्रकाशित मिति: २०:२५ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्