Kathmandu Press

विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न पीडित परिवारकाे माग

विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न पीडित परिवारकाे माग

गण्डकी, माघ ७ : पोखरामा माघ १ मा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न दुर्घटना पीडित परिवारका सदस्यले माग गरेका छन् ।

‘यती एयरलाइन्स दुर्घटना प्रभावित नागरिक समाज’द्वारा आज पोखरामा आयोजित भेलामा पीडित परिवारजनले दुर्घटना जाँच आयोगले पीडित पक्षलाई दुर्घटनाबारे विश्वसनीय जानकारी दिन नसकेको र आफूहरुसँग सम्पर्कसमेत नगरेको दुःखेसो गरेका छन् । 

Hardik ivf

दुर्घटनामा परी निधन भएका स्व एसबिन गुरुङका ठूलाबुवा काजीमान गुरुङले दुर्घटनाले निम्त्याएको शोकलाई शक्तिमा बदल्दै स्व आत्माहरूको शान्तिका लागि सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिए। स्थानीय र सङ्घीय सरकारले दुर्घटनास्थलमा स्मारक पार्क बनाउनुपर्ने उनको माग छ । 

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य स्व त्रिभुवन पौडेलका परिवारका प्रतिनिधि तथा नागरिक समितिका सदस्य खेमराज शर्माले दुर्घटनाको सत्यतथ्य छिटो बाहिर ल्याउन आग्रह गर्दै दुर्घटनामा पीडित परिवारलाई क्षतिपूर्तिको यथार्थ विवरण थाहा दिन सरकारसँग आग्रह गरे।

भेलामा क्षेत्रगत प्रभावमा परेका अर्का समाजसेवी नागवेली टोलका संयोजक तथा समाजसेवी क्यामबहादुर गुरुङ र ख्यामनारायण शर्मा पौडेलले दुर्घटनापश्चात दमकल र एम्बुलेन्स घटनास्थल पुग्न गाह्रो भएकाले उद्धारमा अवरोध पुगेकोमा दुःख व्यक्त गरे।

समाजले आगामी माघ १३ मा शोकसभा आयोजना गर्ने अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीले बताए। समाजका सदस्य घनश्याम भण्डारीले १३औँ दिनमा स्वस्तिशान्ति, पूजापाठ गर्ने सबै तयारी गरिएको बताए।

प्रकाशित मिति: १९:१८ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्