Kathmandu Press

प्रकाश गुरागाईंको ‘जङ्क्सन पिपलबोट’ सार्वजनिक

शनिबार थापागाउँस्थित मण्डला थिएटरमा आयोजित एक कार्यक्रमबीच कविद्वय पुरुषोत्तम सुवेदी र लक्ष्मी माली तथा मानवशास्त्री सुरेश ढकालले पुस्तक लोकार्पण गरे।
प्रकाश गुरागाईंको ‘जङ्क्सन पिपलबोट’ सार्वजनिक

काठमाडौं, माघ ७ : कवि तथा लेखक प्रकाश गुरागाईंको पहिलो गैरआख्यान पुस्तक ‘जङ्क्सन पिपलबोट’ सार्वजनिक भएको छ। शनिबार थापागाउँस्थित मण्डला थिएटरमा आयोजित एक कार्यक्रमबीच कविद्वय पुरुषोत्तम सुवेदी र लक्ष्मी माली तथा मानवशास्त्री सुरेश ढकालले पुस्तक लोकार्पण गरे।

पुस्तक लोकार्पणमा बोल्दै वक्तहरु सुवेदी, माली र ढकालले ‘जङ्क्सन पिपलबोट’ नयाँ सडकको इतिहासको महत्वपूर्ण दस्तावेज भएको बताए। इतिहासलाई खोजेर पुस्तकको रुप दिन गरेको मेहनतका लागि लेखकलाई धन्यवाद दिए। 

कवि लक्ष्मी मालीले पुस्तक पढ्दा आफूलाई बाल्यकालमा पुर्‍याएको बताइन्। उनले पुस्तकमा नअटाएका आफूले सुनेका र देखेका नयाँ सडकका केही घटना पनि सुनाइन्। 

Hardik ivf

यस्तै मानवशास्त्री ढकालले पुस्तकबाट आफूले नयाँ सडकका थुप्रै नयाँ रोचक कुरा थाहा पाएको बताए। उनले पुस्तकका कमीकमजोरी औंल्याउँदै आगामी संस्करणमा ती कुरालाई समेट्न लेखकलाई आग्रह गरे।

ssss1674306133.jpg

कार्यक्रममा बोल्दै लेखक गुरागाईंले चार वर्षको मेहनतपछि पुस्तक तयार भएको बताए। उनले वक्ताले औंल्याएका पुस्तकका कमीकमजोरी आगामी संस्करणमा सच्याउने प्रतिबद्धता पनि  जनाए। कोरोना कहरका कारण नयाँ सडकका केही कुरा उल्लेख गर्न नसकेको बताउँदै इतिहास खोजेर र लेखेर कहिल्यै नसकिने बताए।

भाैतिक पूर्वाधारकाे क्रमिक विकाससँगै सामाजिक, राजनीतिक, सांस्कृतिक मात्र नभएर साहित्यको केन्द्रका रूपमा न्युरोड कसरी उभिन पुग्यो भन्ने  सन्दर्भलाई गुरागाईंले पुस्तकमा मसिनाे ढंगले केलाएका छन् ।

३१६ पृष्ठको पुस्तक ‘जङ्क्सन पिपलबोट’मा १६ शीर्षकमा छुट्टाछुट्टै आलेख समाविष्ट छन्। ४५० रुपैयाँ मूल्य रहेको पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो।

‘जङ्क्सन पिपलबोट’ औपचारिक लोकार्पण अघि नै बजारमा भने आइसकेको थियो। गुरागाईंकोे यसअघि कविता संग्रह ‘खुट्टा श्रीपेच’ प्रकाशित छ।

प्रकाशित मिति: १८:२० बजे, शनिबार, माघ ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्